प्रमुख निर्वाचन आयुक्त थपलियाद्वारा मतदान

प्रमुख निर्वाचन आयुक्त थपलियाद्वारा मतदान

केन्द्रबिन्दु
0
Shares

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित युनिक एकेडेमीको मतदान केन्द्रबाट बिहान ७ बजे मतदान गरेका छन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि बिहान ७ बजेदेखि मतदान प्रारम्भ भएको हो । भक्तपुरको दुईवटै निर्वाचन क्षेत्रमा  मतदान सुरु भएको छ । यसका लागि सबेरैदेखि मतदाता लामबद्ध भएका थिए । जिल्लाका सबै केन्द्रमा मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले जानकारी दिए । 

Logo