मतदान केन्द्रमा सिंह र मिश्रबीच जम्काभेटः दुवैले भने- ५ वर्षपछि भेटौँला

मतदान केन्द्रमा सिंह र मिश्रबीच जम्काभेटः दुवैले भने- ५ वर्षपछि भेटौँला

केन्द्रबिन्दु
0
Shares

काठमाडौं -१ का चर्चित उम्मेदवारद्धय प्रकाशमान सिंह र रविन्द्र मिश्रबीचमा भेटघाट भएको छ । 

नेपाली कांग्रेसका उम्मेदवार सिंह र राप्रपाका उम्मेदवार मिश्रबीच आफ्नो निर्वाचन केन्द्रमा भेटघाट हुँदा रोचक संवाद भएको छ । साे क्रममा नेता सिंहले भने- 'मनोनयन दर्तामा भेट भाथ्यो, आज भेटियो। अब ५ वर्षपछि भेटौँला।' 

त्यसकाे जवाफमा मिश्रले भने- 'अर्को पटक उम्मेदवारकारूपमा हाम्रो भेट नहोला। किनकि तपाईंलाई विश्राम चाहिएको छ, काठमाडौं-‌१ का मतदातालाई अब म चाहिएको छ।'

दुवैले आज बिहान काठमाडौं–१ मा मतदान गरेका थिए । 

Logo