कर्णालीका निवर्तमान सभामुखले गरे मतदान

कर्णालीका निवर्तमान सभामुखले गरे मतदान

केन्द्रबिन्दु
0
Shares

निवर्तमान कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले मतदान गरेका छन् । 

सभामुख शाहीले आफ्नै गृहपालिका दैलेखको ठाटीकाँध गाउँपालिका वडा नम्बर ६ को पाँचला मा.वि. अंगल डाँडामा पुगेर मतदान गरेका हुन् । २०७४ मा दैलेख निर्वाचन क्षेत्र २ (ख) बाट उनी प्रदेश सभा सदस्यमा विजयी भएका थिए । 

मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख शाहीले निर्वाचन विगतभन्दा उत्साहपूर्ण रहेको प्रतिक्रिया दिए । 

Logo