बाजुरा अपडेटः गोली लागेर घाइते भएका एक जनाको मृत्यु

बाजुरा अपडेटः गोली लागेर घाइते भएका एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बाजुराको त्रिवेणी नगरपालिका-७ मा गोली चल्दा एक जनाको मृत्यु भएको छ । 

सुदूरपशिचम प्रदेश प्रहरी कार्यालय धनगढीका सूचना अधिकारी एसएसपी भोलाबहादुर रावलका अनुसार विवाद उत्कर्षम पुगेपछि मदतानस्थलमा सुरक्षाकर्मीले चलाएको गोली लागेर अन्दाजी २५ वर्षीय सञ्जिव अएडीको मृत्यु भएको हो । 

मतदानका क्रममा मतपेटिका खोस्न खोज्दा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको र सो क्रममा प्रहरीले गोली चलाएको थियो । त्यसक्रममा प्रहरीसहित अन्य तीन जना घाइते भएको पनि बताइएको छ । घाइतेहरूको पहिचान हुन हुन सकेको छैन । उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरले उद्दार गरी अस्पताल लगिएको छ । 

समानुपातिक मत हाल्ने बेलामा झडप भएका कारण मतपेटिका र कर्मचारी भने सुरक्षित रहेको एसएसपी रावले जानकारी दिए ।

Logo