चितवन- २ मा १०० मत गन्दा रवि लामिछाने तेस्रो

चितवन- २ मा १०० मत गन्दा रवि लामिछाने तेस्रो

केन्द्रबिन्दु
0
Shares

चितवन- २ को मतगणना सुरु भएको छ । १०० मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता लिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भने तेस्रो स्थानमा छन् ।

पोखरेलले ५३, नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३३ र राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछानेले ५ मत पाएका छन् । यो क्षेत्रमा इच्छाकामना गाउँपालिकाको वडा नं १ र २ बाट मत गणना सुरु गरिएको हो ।

Logo