बिहिबार काठमाडौँ उपत्यकामा १२७ जना कोरोना संक्रमित थपिएका छन् ।
संक्रमितमा काठमाडौंका १११, ललितपुरका ११ र भक्तपुरका ५ गरी १२७ जना रहेका छन् । यो सहित उपत्यकामा संक्रमितको संख्या एक हजार ५ सय ७९ जना पुगेको छ ।
बितेको २४ घण्टामा थप देशभर ५२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसहित हालसम्म देशभर कुल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ ।
पछिल्लो अध्यावधिक विवरणअनुसार १०९ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या १६ हजार ८३७ जना पुगेको छ । हालसम्म कोरोनाबाट ९५ जनाको मृत्यु भएको छ ।
हाल देशभर ८ हजार २५ जना सक्रिय संक्रमित रहेका छन् भने क्वारेन्टिनमा १४ हजार ७६९ जना रहेका छन् ।





























प्रतिक्रिया