प्रदेशसभामा पनि कांग्रेसले खोल्यो खाता, मुस्ताङ (१) बाट गुरुङ निर्वाचित

प्रदेशसभामा पनि कांग्रेसले खोल्यो खाता, मुस्ताङ (१) बाट गुरुङ निर्वाचित

केन्द्रबिन्दु
0
Shares

प्रदेशसभा सदस्यमा मुस्ताङ (१)बाट नेपाली कांग्रेसका नम्डु गुरुङ विजयी भएका छन् । नेकपा एमालेका इन्द्रधारा विष्टलाई पराजित गर्दै गुरुङ निर्वाचित भएका हुन् । 

गुरुङले १०४८ मत पाउँदा एमालेका विष्टले ७९३ मत पाए ।  यहाँ ३ हजार ५४१ मतदाता रहेकोमा १ हजार ८५५ मत खसेको थियो । गत स्थानीय तह निर्वाचनमा लोमान्थाङ-४ को वडाध्यक्षमा पराजित भएका उनी प्रदेशसभा सदस्यमा भने बाजी मार्न सफल भएका हुन् । 

यसअघि मुस्ताङकाे प्रतिनिधिसभा तर्फ कांग्रेसकै योगेश गौचन विजयी भइसकेका छन् । प्रदेशसभा (ख) को भने मतगणना चलिरहेको छ ।

Logo