कास्की- १ मा गुरुङ र बरालको कडा प्रतिस्पर्धा

कास्की- १ मा गुरुङ र बरालको कडा प्रतिस्पर्धा

केन्द्रबिन्दु
0
Shares

कास्की क्षेत्र नम्बर १ को प्रारिम्भक मतगणनामा नेकपा एमाले र पाँच दलीय गठबन्धनबीच कडा प्रतिस्पर्धा भएको छ। 

८७२ मत गणना हुँदासम्म जम्मा तीन मतान्तर छ। पाँच दलीय गठबन्धका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका किशोरदत्त बरालले ३८५ मत पाएका छन्।

नेकपा एमालेका मनबहादुर गुरुङले ३८२, राष्ट्रिय स्वतन्त्र पार्टीका राजु राईले ३२ र राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यबहादुर गुरुङले २३ मत पाएका छन्।

यस्तै कास्की १ ‘क’ को मतगणना पनि सुरु भएको छ। यो क्षेत्रमा नेकपा एमालेबाट गण्डकी प्रदेशको दाबेदार खगराज अधिकारी र नेकपा माओवादी केन्द्रका दिपक कोइराला सत्ता गठबन्धनका तर्फबाट प्रतिस्पर्धामा छन्।

यी दुई २०७४ को निर्वाचनमा सारथी थिए। अहिले प्रतिस्पर्धीको रुपमा मैदान उत्रँदा निकै चासोको साथ यो क्षेत्रको मतपरिणामको प्रतिक्षामा आम मतदाता छन्।

Skip This
Skip This
Logo