फिफा विश्वकपको दोस्रो खेलमा आजः डेनमार्कले ट्युनिसियाको सामना गर्दै

फिफा विश्वकपको दोस्रो खेलमा आजः डेनमार्कले ट्युनिसियाको सामना गर्दै

केन्द्रबिन्दु
0
Shares

युरो २०२० र विश्वकप छनोटमा उच्च प्रदर्शन गरेको डेनमार्कले फिफा विश्वकप २०२२ को पहिलो खेलमा ट्युनिसियाको सामना गर्दैछ । खेल साँझ ६:४५ बजे एजुकेसन सिटी रंगशालामा हुनेछ ।

डेनमार्क विश्वकप इतिहासमा दोस्रो पटक लगातार दुई संस्करणका लागि छनोट भाको हो । समग्रमा दुवै टोली छैटौं सहभागिता जनाउँदै छन् । ट्युनिसियाले हालसम्म सहभागी भएको सबै संस्करणमा समूह चरण पार गरेको छैन । डेनमार्कले विश्वकपमा सन् २०१० बाहेक सहभागी चारै संस्करणमा समूह चरण पार गरेको छ ।

ट्युनिसियाले विश्वकपमा युरोपेली राष्ट्रसँग ११ पटक खेल्दा जित हासिल गरेको छैन । यता डेनमार्कले भने अफ्रिकी टोलीविरुद्ध विश्वकपमा हार बेहोरेको छैन । यी दुईबीच विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । अन्तर्राष्ट्रिय फुटबलमा भने सन् २००२ मा एकपटक यी दुई टोली मैत्रीपूर्ण खेलमा आमनेसामने थिए । उक्त खेल डेनमार्कले २-१ ले जितेको थियो ।

डेनमार्कले विश्वकपको २० खेलमा ९ जित, ५ बराबरी र ६ हार बेहोरेको छ । ट्युनिसियाले १५ खेल खेल्दा २ जित, ४ बराबरी र ९ हारको नतिजा निकालेको छ ।

Logo