झापा क्षेत्र नम्बर २ मा नेकपा एमालेले अग्रता लिएको छ ।
नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार देवराज घिमिरेले ८२५२ मतसहित अग्रता बनाएका छन् । उनलाई स्वतन्त्रबाट उम्मेदवार बनेका भद्रप्रसाद नेपालले ६९१२ मतसहित पच्छ्याइरहेका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादीका हरिकुमार राना मगर भने ४३१८ मतसहित तेस्रो स्थानमा छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अकल बहादुर तामाङले १९७५ मत पाएर चौँथो स्थानमा छन् ।





























प्रतिक्रिया