झापा- ४ मा एलपी साँवाकाे अग्रता

झापा- ४ मा एलपी साँवाकाे अग्रता

केन्द्रबिन्दु
0
Shares

झापा निर्वाचन क्षेत्र नं. ४ मा नेकपा एमालेको अग्रता पुनः बढ्न थालेको छ । एमालेबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार एलपी साँवा लिम्बुले अग्रता दोहोर्याएका हुन् ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भु प्रसाद ढकालले अग्रता लिइरहेकोमा कन्काई नगरपालिकाको मतगणना सकिएर झापा गाउँपालिकाको गणना सुरु भएपछि एलपीले अग्रता लिएका हुन् । पछिल्लो मत परिणामअनुसार लिम्बुले ८५२६ मतसहित अग्रता हासिल गरेका छन् भने ढकालले ६७४४ मतले पछ्याइरहेका छन् । 

त्यस्तै, नेपाली कांग्रेसका देउ कुमार थेबेले ६५२८ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार खुश्बु ओलीले ८५८ मत ल्याएकी छन् । यसअघि अग्रता लिएका ढकालको प्रभाव क्षेत्र सकिएर एमालेको एरियाको मतगणना सुरु भएसँगै साँवाले लिड गरेका हुन् । 

२०७४ मा यसै क्षेत्रबाट उनले प्रतिनिधिसभामा जित हासिल गरेका थिए ।

Logo