डेनमार्क र ट्युनिसियाको बराबरी

डेनमार्क र ट्युनिसियाको बराबरी

केन्द्रबिन्दु
0
Shares

फिफा विश्वकप कतार २०२२ अन्तरगत समूह ‘डी’ को खेलमा डेनमार्क र ट्युनिसियाले बराबरी खेल्दै अंक बाँडेका छन् ।

एजुकेसन सिटी रंगशालामा मंगलबार राति भएको प्रतिस्पर्धात्मक खेल गोलरहित बराबरीमा सकिएको हो । दुवै टोलीले गोलका केही अवसर पाएपनि सदुपयोग गर्न सकेन । जारी विश्वकपमा यो दोस्रो बराबरी हो । यसअघि अमेरिका र वेल्सले १–१ गोलको बराबरी खेलेका थिए । 

खेलको अन्तिम समयमा डेनमार्कले पेनाल्टीका लागि अपिल गरेपनि भीएआरपछि रेफ्रिले अस्वीकार गरे । ६९औँ मिनेटमा क्रिस्टियन एरिक्सनको प्रहारले पोष्टको दिशा लिन नसक्दा डेनमार्क अग्रता लिनबाट चुक्यो ।

यस नतिजासँगै दुवै टोलीले समान एक अंक जोडेका छन् । यो समूहको अर्काे खेलमा आज राति फ्रान्स र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ ।

Logo