साविक विजेता फ्रान्सले फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको पहिलो खेलमा सानदार सुरुवात गरेको छ ।
अल जनौब रंगशालामा अष्ट्रेलियालाई ४-१ ले पराजित गर्दै फ्रान्सले विजयी सुरुवात गरेको हो । खेलको सुरुवाती समयमा पछि पर्दै चोटका कारण महत्त्वपूर्ण खेलाडी गुमाएको फ्रान्सले सानदार पुनरागमन गर्यो । क्रेग गुडविनले अग्रता दिलाएपनि अोलिभिएर जिरुडले २ तथा एड्रिएन राबिअोट र किलियन एमबाप्पेले १-१ गोल गर्दै फ्रान्सलाई जित दिलाए ।
यस जितसँगै फ्रान्स समूहको शीर्ष स्थानमा उक्लिएको छ । आजै भएको समूहको पहिलो खेलमा डेनमार्क र ट्युनिसिया गोलरहित बराबरीमा रोकिएका थिए ।





























प्रतिक्रिया