सप्तरी- २ मा सिके राउत जित नजिक

सप्तरी- २ मा सिके राउत जित नजिक

केन्द्रबिन्दु
0
Shares

सप्तरी- २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतको जित सुनिश्चित भएको छ । ५६ हजार १४८ मत गणना हुँदा राउतले ३० हजार ६६९ मत ल्याइसकेका छन् । 

उनका निकटतम प्रतिद्धन्द्धि जसपाका अध्यक्ष उपेन्द्र यादवले १५ हजार १५८ मत प्राप्त गरेका छन्। उनीहरुबीच १५ हजार बढी मतान्तर रहेको छ । साथै पाँच दलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले ६ हजार १ सय ११ मत मात्र प्राप्त गरे । 

सो क्षेत्रमा ६४ हजार ५६० मत खसेको थियो। 

एमालेसँग गठबन्धन गरि चुनावी मैदानमा आएपनि उपेन्द्र यसपटक जित दोहोर्‍याउन असफल रहे । २०६४ सालयता सप्तरी- २ बाट कुनै पनि उम्मेदवारले दोहोर्‍याएर निर्वाचन जितेका पनि छैनन् ।

Skip This
Skip This
Logo