महोत्तरी क्षेत्र नम्बर १ मा मतगणना गर्ने क्रममा मतदाताको एक पत्र फेला परेको छ । पत्रमा ती मतदाताले शैक्षिक योग्यता र उमेरको हद लागू गर्नुपर्ने माग राखेका छन् ।
त्यस क्षेत्रमा उम्मेदवारी दिने सवै नेताहरू भ्रष्ट भएको हुनाले आफूले मत दिन नसकेको उनले पत्रमा उल्लेख गरेका छन् । सानो अर्धकट्टीमा लेखिएको उक्त पत्रमा जनता मत खसाल्न बाध्य भएको हुनाले मत हालेको उल्लेख गरेका छन् ।
अर्को निर्वाचनमा उम्मेदवारहरूको उमेर र शैक्षिक योग्यता निर्धारण गर्न पनि उक्त मतदाताले निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।
निर्वाचन आयोगले उक्त अर्धकट्टी पत्रलाई खामबन्दी गरेर राखेको थियो । संचारकर्मीलाई आयोगले फोटो खिच्न भने दिएन ।
यस्तो थियो पत्रमा लेखिएको-
'यस क्षेत्रमा उम्मेदवारी दिएका सवै नेताहरू चोर छन् । जनता मत खसाल्न बाध्य छन् । म त्यसैले अर्को चुनावदेखि निर्वाचनमा शैक्षिक योग्यता र उमेरको हद पनि लागू हुनुपर्यो । भनेर म आम नागरिकवाट यस पत्रद्वारा निर्वाचन आयोगलाई विनम्र अनुरोध गर्दछौं ।'





























प्रतिक्रिया