झापा- ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भारी मतका साथ विजयी भएका छन् ।
सत्ता गठबन्धनका उम्मेदवार खगेन्द्र पाण्डव अधिकारीलाई २८ हजार भन्दा बढी मतले पछि पार्दै उनी निर्वाचित भएका हुन् । ओलीले ५१ हजार ६१९ मत पाउँदा अधिकारीले २३ हजार २३१ मत मात्रै ल्याए । साथै राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेश पोखरेलले ११ हजार ७४९ मत प्राप्त गरे ।
सो क्षेत्रमा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संग चुनावी तालमेल गरेको थियो । ओली २०७४ मा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए । उनी २०६४ को पहिलो संविधानसभा चुनावबाहेक २०४८ यताका सबै चुनावमा झापाबाट निर्वाचित हुँदै आएका छन् ।































प्रतिक्रिया