जुम्ला (क) मा स्वतन्त्र उम्मेदवार शाही विजयी

जुम्ला (क) मा स्वतन्त्र उम्मेदवार शाही विजयी

केन्द्रबिन्दु
0
Shares

जुम्ला प्रदेश सभा (क) मा स्वतन्त्र उम्मेदवारी दिएका देवेन्द्र बहादुर शाही निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका कर्णाली प्रदेश सभापति तथा गठबन्धनका साँझा उम्मेदवार ललितजङ शाहीलाई पराजित गरेका हुन् ।

देवेन्द्रले खसेको २४  हजार ६ सय ५५ मतमध्ये ९ हजार ६ सय ५४ मत प्राप्त गरेका हुन् ।

उनका निकटतम नेपाली कांग्रेसका कर्णाली प्रदेश सभापति शाहीले ७ हजार ७ सय ५५मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले बताए । नेपाली कांग्रेसका प्रदेश सभातिसमेत रहेका ललितजङ शाहीलाई माओवादीको र नेकपा एकीकृत समाजवादी पाटीको साथ रहँदा पनि पराजित बनेका हुन् । 

Logo