ललितपुर।
ललितपुर महानगरपालिकाले अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा १५ दिनसम्म बन्द गर्ने भएको छ।
महानगरले बुधबार एक विज्ञप्ती जारी गरि दिनप्रतिदिन कोरोना संक्रमण बढिरहेकाले महानगरबाट दिइने अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गर्ने निर्णय गरेको जानकारी दिएको हो ।
यो अवधिमा महानगरले स्वास्थ्य, सरसफाइ र विपदसँग सम्बन्धी सेवा भने सञ्चालन गर्ने महानगर प्रवक्ता राजु महर्जनले जानकारी दिएका छन् ।






























प्रतिक्रिया