पाँचथरमा एमालेका नेम्बाङ ४७ मतान्तरले दोस्रोपटक विजयी

पाँचथरमा एमालेका नेम्बाङ ४७ मतान्तरले दोस्रोपटक विजयी

केन्द्रबिन्दु
0
Shares

पाँचथरबाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा (एमाले)का वसन्तकुमार नेम्बाङ पुनः निर्वाचित भएका छन् । 

गएराति अबेर सकिएको मतपरिणामअनुसार उनले नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेलाई ४७ मतान्तरले पराजित गरेका थिए । नेम्वाङले ३२ हजार एक सय १०।मत प्राप्त गर्दा आङदेम्बेलाई ३२ हजार ६३ मत प्राप्त भएको छ । नेम्वाङ यसअघि पाँचथरबाट २०४८, २०५६ र २०७४ मा पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका छन् ।

उनि विसं २०७४ मा पनि आङदेम्बेलाई हराउँदै प्रतिनिधिसभा सदस्य बनेका थिए । विसं २०१८ चैत ८ गते पाँचथरको फिदिममा जन्मिएका उनि पछिल्लोपटक २०७६ मा करिब १८ महिना भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसमेत बनेका थिए ।

प्रदेशसभा(१) गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जवेगू विजयी भएका छन् । नेकपा (एमाले)का जिल्ला अध्यक्ष राजकुमार भण्डारीलाई छ सय ३३ मतान्तरले हराउँदै जवेगू प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । उनले १६ हजार आठ सय ३७ मत प्राप्त गर्दा भण्डारीले १६ हजार दुई सय चार मत प्राप्त गरेका छन् । 

प्रदेशसभा (२) बाट सत्ता गठबन्धनकै तर्फबाट नेकपा (माओवादी केन्द्र)का इन्द्रबहादुर आङवो  विजयी भइसकेका छन् । प्रतिस्पर्धी एमालेका अइन्द्रसुन्दर नेम्वाङलाई तीन हजार ६७ मतान्तरले पराजित गर्दै आङबो दोस्रोपटक विजयी भएका हुन् । ३४ हजार तीन सय ६५ मत खसेको यस निर्वाचन क्षेत्रबाट आङबोलाई १५ हजार छ सय ७२ मत  प्राप्त भएको छ । उनका प्रतिस्पर्धी एमालेका नेम्वाङले १२ हजार छ सय पाँच मत पाएका थिए । 

Logo