महालक्ष्मी हराउन ईन्द्रकै हात ?

महालक्ष्मी हराउन ईन्द्रकै हात ?

केन्द्रबिन्दु
0
Shares

मकवानपुरकी महालक्ष्मी उपाध्यायको पराजय अहिले पार्टीभित्र चर्को बहसको विषय बनेको छ । गठबन्धनबाट ‍चुनाव जित्ने निश्चित क्षेत्रका रुपमा गनिएको मकवानपुर-१ को नतिजा अप्रत्यासित आएपछि पार्टीभित्रै गाँड कोराकोर सुरु भएको छ । 

गठबन्धनका अन्य दलहरु इमान्दार रहँदा रहँदै पनि डीनाको हार हुनुले यसको तीर मकवानपुरे नेता ईन्द्र बानियातिर सोझिएको छ । उनलाई सहमहामन्त्री बनाउन सहयोग गर्ने ईन्द्रले नै डीनाको विजय-सपनामा पानी पारिदिएको चर्चा सामाजिक सञ्जालमा छाएको छ । 

सञ्जालमा लेखिएको छ- यिनलाई सहमहामन्त्री बनाउन पनि ईन्द्र दाइको साथ र सहयोग थियो र अहिले हराउनु पनि उनको चलखेल छ । हुन त डीनालाई महिलामाथि शोषण गर्ने पात्रका रुपमा पनि कार्यकर्ताले चित्रित गरेका छन् । उनी आफै महारानी स्वभावकी रहेको र उनको असली चरित्र टाढा बस्नेलाई थाहा नभएको भन्दै कार्यकर्ताले चित्त दुखाएका छन् । 

चुनावपछि यस किसिमका आरोप प्रत्यारोप सबै दल र संगठनमा प्राय आउने गर्छन् । तर डीना पराजय प्रकरणमा भने सामाजिक सञ्जालमै छरपष्ट हुनेगरी आफ्नै कार्यकर्ताले आफ्नै नेताप्रति आगो ओकलेका भिडियो र शव्दहरु नै आउनु अलि अनौठो भएको चर्चा छ । 

नेपाली कांग्रेसकी नेतृ डीना राप्रपाका दीपक बहादुर सिंहसँग पराजित भएकी हुन् । सिंहले २७ हजार ८१६ मत ल्याउँदा डीनाले २५ हजार ४३४ मत ल्याएकी हुन् ।

Logo