भानुभक्त ढकाललाई हराए सुनिल शर्माले, रेखा थापा तेस्रो

भानुभक्त ढकाललाई हराए सुनिल शर्माले, रेखा थापा तेस्रो

केन्द्रबिन्दु
0
Shares

एमाले नेता एवं पूर्वमन्त्री भानुभक्त ढकाल मोरङ-३ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएका छन् ।

उनलाई कांग्रेसका सुनिल शर्माले हराएका हुन् । शर्मा ४८ हजार ६३१ मतसहित विजयी हुँदा ढकालले २५ हजार ८९५ मत मात्र पाए । २०७४ सालको निर्वाचनमा ढकालले नै डा. शर्मालाई पराजित गरेका थिए । यो पटक उनले ठूलो मतान्तरसहित ढकाललाई पराजित गरेर बदला लिए ।

साथै, राप्रपाकी रेखा थापाले १० हजार ९९८ मत पाइन् ।  राष्ट्रिय स्वतन्त्र पार्टीका विकास उप्रेतीले ३१७२, मंगोल नेशनल अर्गनाइजेसनका बिकेन्द्र राईले १५२० मत पाएका छन् ।

Logo