मोरङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका डिगबहादुर लिम्बू विजयी भएका छन् ।
सत्ता गठबन्धनका साझा उम्मेदवारसमेत रहेका उनले एमालेका घनश्याम खतिवडालाई पराजित गरेका हुन् । अन्तिम मत परिणामअनुसार लिम्बूले २७ हजार २९७ मत ल्याउँदा खतिवडाले २६ हजार ८६७ मत ल्याएका छन् ।
साथै राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबहादुर श्रेष्ठले ८ हजार ६३ मत पाए ।
२०७४ को निर्वाचनमा लिम्बू खतिवडासँग पराजित भएका थिए ।





























प्रतिक्रिया