कोस्टारिकासँग हार्‍याे जापान

कोस्टारिकासँग हार्‍याे जापान

केन्द्रबिन्दु
0
Shares

कतारमा जारी फिफा विश्वकपमा कोस्टारिकाले पहिलो जित हात पारेको छ । समूह ‘ई’अन्तर्गत आइतबार भएको खेलमा कोस्टारिकाले जापानमाथि १-०को जित निकालेको हो । 

खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएपनि दोस्रो हाफमा भने कोस्टारिकाले खेल आफ्नो पक्षमा पार्न सफल रह्यो । कोस्टारिकाको जितका लागि एक मात्रै निर्णायक गोल केशर फूलरले गोल गरे । उनले खेलको ८१औं मिनेटमा गोल गरेका थिए । 

पहिलो खेलमा जर्मनीविरुद्ध २–१ को सनसनीपूर्ण जित निकालेको जापान एक खेल अगावै नकआउट चरणमा पुग्ने मौकाबाट चुक्यो । तर, पहिलो खेलमा स्पेनसँग ७–० को नमिठो हार व्यहोरेको कोस्टारिकाले भने मलम लगाएको छ, छनौट हुने सम्भावना कायमै राखेको छ । 

Skip This
Skip This
Logo