प्रतिनिधिसभातर्फ समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी नेकपा माओवादी केन्द्रलाई उछिनेर अघि लागेको छ ।
सोमबार विहानसम्मको नतिजा अनुसार ९२ लाख ३९ हजार मत गणना हुँदा स्वतन्त्र पार्टी माओवादीलाई उछिनेर तेस्रो स्थानमा उक्लिएको हो । आयोगका अनुसार स्वतन्त्र पार्टीले १० लाख ५९ हजार मत पाउँदा माओवादीले १० लाख ५२ हजार मत ल्याएको छ ।
समानुपातिकतर्फ एमालेको अग्रता निरन्तर छ। हालसम्म एमालेले २५ लाख १९ हजार, काँग्रेसले २३ लाख ८७ हजार, राप्रपाले ५ लाख ४४ हजार, जनता समाजवादी पार्टी ९जसपा० ले ३ लाख १९ हजार, जनमत पार्टीले २ लाख ५६ हजार र नेकपा एकीकृत समाजवादीले २ लाख ४८ हजार मत ल्याएको छ ।





























प्रतिक्रिया