लक्ष्मी बैंकले आफ्नो संजाल विस्तार गर्ने क्रममा आफ्नो नयाँ एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्स्टेन्सन काउन्टर संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका- ४ स्थित गोला बजारमा रहेको छ ।
यो एक्स्टेन्सन काउन्टरको शुरुवातसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ५० जिल्लामा १४३ शाखा, १४ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७९ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।
साथै यस बैंकले सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायीकर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा सक्रिय रुपमा सेवा विस्तार गर्दै आएको छ ।





























प्रतिक्रिया