उज्यालोका नायक कुलमान घिसिङका १८ कमाल (भिडियो रिपोर्ट)

उज्यालोका नायक कुलमान घिसिङका १८ कमाल (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

झट्ट हेर्दा सामान्य, सरल र नम्र व्यक्तित्व अर्थात ‘कुल म्यान’ । तर, उनको कामको करामतले भने निकै वाहवाही पाएको छ । उनले मारेको छलाङ र कामको कमालले उनलाई थुप्रै मान पदवी मिलेको छ ।

ऊर्जासंकट निवारणमा उल्लेख्य भूमिका निभाएको भन्दै सरकारले घिसिङलाई सुप्रवल जनसेवा श्री मानपदवीबाट सम्मान गरेको थियो । त्यस्तै सिइओ क्लवले आयोजना गरेको प्रतियोगितामा उनले उत्कृष्ट सिइओको उपाधि हात पारेका थिए । नेपाल चेम्वर अफ कमर्सले उनलाई बेष्ट मेनेजरको उपाधि दिएको थियो । यी त केही उदाहरण मात्रै हुन् ४ वर्षको उपाधि उनले यस्तै थुप्रै पाधि र मान पदवीहरु पाएका छन् ।

यति मात्रै होइन झापाको कन्काइ नगरपालिका ४ र शिवसतासी नगरपालिका १० को बीचमा पर्ने टेका गाउँबासीले आफ्नो उँको नाम नै परिवर्तन गरी ‘कुलमान घिसिङ चोक’ राखेका छन् । त्यस्तै घिसिङको जन्मथलो रामेछापको वेथान गाउँको एउटा चोकको नामाकरण उनको नामबाट गरिएको छ ।

उनी रिलका होइन रियललाइफका सेलिब्रेटी हुन् । त्यसैले त उनको नामका पछाडि विभिन्न सम्मानजनक ट्यागहरु लगाइएका छन् । उनलाई कोही भन्छन् उज्यालो नेपालका नायक, कोही भन्छन् कुशल व्यवस्थापकको ‘रोल मोडल’, कतिपयले त उनलाई बिजुलीका पर्याय पनि भन्ने गरेका छन् ।

उनी हुन् नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ । रामेछापको वेथानमा वि.सं. २०२७ साल मंसिर १० गते जन्मिएका कुलमान घिसिङ पहिलोपटक वि.सं. २०५० सालमा सातौं तहका कर्मचारीकारुपमा विद्युत प्राधिकरणमा प्रवेश गरेका थिए ।

‘साना जलविद्युत तथा ग्रामीण विद्युतीकरण निर्देशनालय’मा उनको पहिलो पदस्थापन भएको थियो । उनले त्यहाँ बस्दा मुलुकका धेरै ग्रामीण क्षेत्रमा भ्रमण मात्र गरेनन्, समाजलाई नजिकबाट बुझ्ने अवसर पनि पाए । त्यसपछि उनी विभिन्न योजना, परियोजना हुँदै २०७३ भदौ २९ गते नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका थिए । त्यसअघिको उनको चर्चा परिचर्चा कमै थियो । तर जब उनी प्राधिकारण कार्यकारी निर्देशक बनेर तब उनको क्रेज ह्वात्तै बढ्यो ।

राजनीतिक अस्थिरतासँगै मौलाएका हरेक खाले अनिश्चताले निराश बनेका अधिकांश नेपालीले कुलमानको कामबाट उज्यालोमात्र पाएका छैनन्, आशावादी समेत बन्न पुगेका छन ।

उनै घिसिङको ४ वर्षे कार्यकाल आगामी भदौ २९ गते सकिँदैछ । योबीचमा उनले प्राधिकरण सुधारका लागि अनेकन कामहरु गरेका छन् । तीमध्ये सबैभन्दा महत्वपूर्ण १८ वटा कामको बारेमा हामीले एउटा भिडियो रिपोर्ट तयार पारेका छौं ।

 

Logo