हरिप्रसाद भुसालले अर्घाखाँचीका मतदातालाई दिए धन्यवाद

हरिप्रसाद भुसालले अर्घाखाँचीका मतदातालाई दिए धन्यवाद

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीबाट उम्मेदवार बनेका हरिप्रसाद भुसालले सम्मानजनक मत दिएकाेमा मतदातालाई धन्यवाद दिएका छन् । मंगलबार एक अभिव्यक्ति सार्वजनिक गर्दै उनले मतदाताकाे विश्वासका बाबजुत आफ्ना सपनाले हारेकाेमा भने दु:ख व्यक्त गरेका हुन् । 

भुसालले तीन हजार दुई सय मत पाएका थिए । समानुपातिकमा भने आठ हजार नाै सय ५१ मत परेकाे छ । 

'पार्टी निर्माणकाे छाेटाे समयमा कुनै पनि सांगठनिक समिति निर्माण भईनसकेकाे अवस्थामा प्राप्त सम्मानजनक मतले हामीलाई स्वाभाविक रुपमा उत्साहित बनाएकाे छ ।' भुसालले भनेका छन्, 'तर, याे निर्वाचनमा पराजित हुँदै गर्दा अर्घाखाँचीका जनताले अनुभूति गर्नेगरी हामीले अगाडि सारेका सपनाहरू बिचल्ली हुने हुन की भन्ने चिन्ता पनि छ ।'

Logo