सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारको हार निश्चित भएको छ । जारी मतगणनामा गणना गर्न बाँकी मतभन्दा विपक्षीको मतान्तर धेरै भएपछि सत्ता गठबन्धनका साझा उम्मेदवारसमेत रहेका उनको संसद्को यात्रा रोकिएको हो ।
पछिल्लो मत परिणामअनुसार नेकपा एमाले उम्मेदवार भगवती चौधरीले ३९ हजार २९७ मत पाएकी छन् । उनका प्रतिस्पर्धी गच्छदारले ३३ हजार ८६३ मत मात्रै पाएका छन् । जहाँ ५ हजार ४३४ मतको अन्तर रहेको छ तर, ४ हजार १ सय ३४ मत मात्रै गन्न बाँकी रहेको बताइएको छ ।
सुनसरी ३ बाट बहुदलपछि गच्छदारले एकलौटी चुनाव जित्दै आएका थिए । उनले २०४८, ५१, ५६, ६४ र ७४मा निर्वाचन जिते । तर, यसपटक भने लगातार पराजित व्यहोरीरहेकी चौधरीले बदला लिइन् । गठबन्धन हुँदासमेत गच्छदारलाई मतदाताले चुन्न सकेनन् ।































प्रतिक्रिया