नेदरल्याण्ड्स समूह विजेता बन्दै विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
गएराति सम्पन्न खेलमा आयोजक कतारलाई २–० ले हराउँदै नेदरल्याण्ड्स समूह विजेता बनेको हो । नेदरल्याण्ड्सको जितका लागिकोडी गाग्पो र फ्रेन्की डी योङले एक एक गोल गरे । जितसँगै नेदरल्याण्ड्सले तीन खेलमा ७ अंक जोडेको छ । ऊ समूह ‘ए’ को शीर्ष स्थानमा रहँदै नकआउट चरणमा पुगेको हो । तीन खेलमा अंकविहीन रहँदै कतार प्रतियोगिताबाट बाहिरिएको छ ।





























प्रतिक्रिया