अतिक्रमित संरचना ३५ दिनभित्र हटाउन उपत्यका विकास प्राधिकरणको निर्देशन

अतिक्रमित संरचना ३५ दिनभित्र हटाउन उपत्यका विकास प्राधिकरणको निर्देशन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यका विकास प्राधिकरणले सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्डबमोजिमका जग्गालाई अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना ३५ दिनभित्र हटाउन आग्रह गरेको छ । 

प्राधिकरणले आज सूचना प्रकाशित गरी उपत्यकाका नगरहरूको पुनःनिर्माण, विकास र विस्तारमार्फत काठमाडौं उपत्यकालाई व्यवस्थित गर्न अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन आग्रह गरेको हो । काठमाडौं उपत्यकामा योजनावद्ध भौतिक विकासका लागि आधारभूत मापदण्ड तय गर्न काठमाडौँ उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा ३ बमोजिम काठमाडौँ उपत्यका विकास प्राधिकरण स्थापना भएको सूचनामा उल्लेख छ । 

प्राधिकरणले अतिक्रमण गरी निर्माण गरिएका संरचना नहटाएमा प्राधिकरणले हटाई सो हटाउँदा वा भत्काउँदा लाग्ने खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुलउपर गर्नेसमेत चेतावनी दिएको छ ।

No description available.

Logo