काँग्रेस नेता मोहनबहादुर बस्नेतका पीताको मृत्यु भएको ६ दिनपछि कोरोना पुष्टि, बाह्रविसेमा त्रास

काँग्रेस नेता मोहनबहादुर बस्नेतका पीताको मृत्यु भएको ६ दिनपछि कोरोना पुष्टि, बाह्रविसेमा त्रास

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्‍नेतका बुबाको मृत्यु कोरोनाबाट भएको पुष्टि भएको छ । उनको मृत्यु भएको ६ दिन पछि स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गरेको हो ।

८४ वर्षिय खड्गबहादुर बस्नेतलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि सिन्धुपाल्चोकको बाह्रविसेमा सन्त्रास फैलिएको छ। उनको मलामी गएका करिव ३ हजार भन्दा वढी नागरिकमा त्रास फैलिएको हो ।

उनको साउन २२ गते काठमाडौंको शिक्षण अस्पतालमा निधन भएको थियो । उनको मृत्यु भएको समयमा कोरोना नेगेटिभ रिपोर्ट आएको थियो । ६ दिन पछि स्वास्थ्य मन्त्रालयले मंगलबार यसको पुष्टि गरेको हो ।

उपचारका क्रममा तीन दिनसम्म शिक्षण अस्पतालको आईसीयुमा रहेका बस्नेतको मिर्गौलाको समस्याका कारण मृत्यु भएको आफन्तलाई जानकारी दिइएको थियो ।

अस्पतालको लापर्बाहीका कारण यस्तो भएको भन्दै पूर्वमन्त्री मोहनबहादुर बस्नेतले फेसबुकमा लामो स्टाटस लेखेका छन् । यसमा आफ्नो कुनै दोष नरहेको र अस्पतालको लापर्बाही भएको उनले बताएका छन् ।

उनले लेखेका छन् :

सम्पुर्णमा अपिल !

हाम्रो ८४ वर्षिय पुजनिय पिताको मृत्युमा समेत राजनितिक कुचेष्टा सहित हस्पिटलबाट जबरजस्ती पि सि आर रिपोर्ट नआई शव लगिएको भन्ने भ्रामक समाचार सम्प्रेषण गर्ने सन्चार माध्यम प्रती गहिरो खेद प्रकट गर्दछौं। वास्तवमा बुबाको मृत्यु दुवै किड्नीको खराबीको कारणले यहि मिति २०७७/०४/२२ गते ११:४५ मा भएको थियो। उपचारमा सम्लग्न स्वास्थ टिमले तुरुन्त शव निकाल्नु भन्दा भन्दै हामीले भोलिपल्ट बिहान ७ बजे मात्र शव निकालेको सम्पुर्णमा जानकारी गराउदछौं । शिक्षण अस्पतालमा उपचारका लागि लैजादा उहाँको सुरुमा पीसीआर नेगेटीभ देखिएको थियो । पहिला उपचार पछि घरमै आराम गरिरहनु भएका उहाँको स्वास्थ्यमा पुन समस्या आएपछि मनमोहन कारडियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आइसीयुमा भर्ना गरिएको थियो। डाक्टरहरुको टिमले दुवै किड्नी ड्यामेज भएकाले मृत्यु भएको हामीलाई जानकारी गराएपछि हामीले अन्तिम संस्कारका लागि बाह्रविसे ल्याएका हौं। दुवै किड्नी ड्यामेज भएको कारणले मृत्यु भएको जानकारी पछि दाहसंस्कारमा धेरै शुभचिन्तकहरुको सहभागिता रहेको थियो तर मृत्यु भएको ६ घण्टामा आउने रिपोर्ट एक साता पछि कोरोना लागेर मृत्यु भएको स्वास्थ्य मन्त्रालयबाट समाचार सम्प्रेषण हुन्छ भने यसमा हाम्रो कुनै कमजोरी नरहेको जानकारी गराउदछौं । यदि कोरोना संक्रमण नै थियो भने हामीलाई किन राती नै शब लैजान भन्ने अमानवीय हर्कद भयो ?

Skip This
Skip This
Logo