समानुपातिकतर्फ एमालेकाे अग्रता कायमै, कसको कति मत ?

समानुपातिकतर्फ एमालेकाे अग्रता कायमै, कसको कति मत ?

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ एमालेले अग्रता कायमै राखेको छ ।

गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ पछिल्लो परिणामअनुसार एमालेले २७ लाख २० हजार ६९२ मत प्राप्त गरेर अग्रता लिएको छ । 

दोस्रोमा रहेका कांग्रेसले २५ लाख ८५ हजार १११ मत पाउँदा  तेस्रो स्थानमा माओवादी केन्द्रले ११ लाख ५३ हजार ४५७ मत पाएको छ । 

पहिलोपटक चुनावी प्रतिस्पर्धामा सहभागी भएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा छ । उसले  ११ लाख चार हजार १६२ मत पाएको छ । राप्रपाले पाँच लाख ७९ हजार २७८मत पाएको निर्वाचन आयोगको विवरणमा उल्लेख छ ।  

यसैगरी जसपाले चार लाख आठ हजार ९६४, जनतमत पार्टीले तीन लाख ७६ हजार १९९, एकीकृत समाजवादीले दुई लाख ९० हजार १९६ मत पाएका छन् । 

Logo