जियाङ जो नेपालका असल मित्र थिए…

जियाङ जो नेपालका असल मित्र थिए…

केन्द्रबिन्दु
0
Shares

सन् १९८९ को तियानमेन स्क्वायर विरोध प्रदर्शनपछि चीनको नेतृत्वमा आएका शाङ्घाई कम्युनिस्ट नेता जियाङ जेमिनको बुधबार निधन भएको छ । उनको उपचारकै क्रममा ९६ वर्षको उमेरमा निधन भएको हो । जेमिनको रक्त क्यान्सरका कारण शरीरका विभिन्न अंगले काम गर्न  छाडेपछि निधन भएको चिनिया सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ । 

जेमिन चीनको राजनीतिज्ञ थिए । उनी पेसाले इलेक्ट्रिकल इन्जिनियर हुन् । जसले सन् १९८९ देखि २००२ सम्म चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवको रुपमा काम गरेका थिए । उनले सन् १९९३ देखि २००३ सम्म राष्ट्रपतिको भूमिका निर्वाह गरेका हुन् । जियाङले १९८९ देखि चिनियाँ कम्युनिष्ट पाटीका नेताहरुको तेस्रो पुस्ताको प्रतिनिधित्व समेत गरे ।

उनी राष्ट्रपति बनेकै वर्ष नेपाल भ्रमणमा आएका थिए । जियाङसँग अङ्ग्रेजी र रुसी लगायत धेरै विदेशी भाषाहरूमा राम्रो दख्खल थियो। जियाङ चीनको एक मात्र सर्वोच्च नेता हुन् जसलाई अंग्रेजीमा फरर बोल्न आँउथ्यो । 

धेरै विदेशी राजनीतिज्ञहरूको नजरमा जियाङ कठोर चिनियाँ नेताहरूको रुपमा चिनिएका थिए । कतिपय चिनियाले सुरुमा उनलाई कम महत्वका साथ हेर्ने गर्थे। तर जियाङको सफलताका कारण बिस्तारै अरूले पनि विश्वास बढाउन थाले । कम्युनिष्ट पार्टीको महासचिवको रूपमा १३ वर्षभन्दा बढी समयसम्म काम गरेका उनी एक चतुर राजनीतिज्ञको रूपमा परिपक्व भएसँगै प्रतिद्वन्द्वीलाई पराजित गर्न सफल भए ।

कसरी सुरु भयो जियाङ जेमिनको राजनीतिक यात्रा ?
जियाङ जेमिनको राजनीतिक यात्रा विद्यार्थी जीवनदेखिनै सुरु भएको हो । उनले नेशनल चियाओ तुङ युनिभर्सिटी जानुअघि जापानले कब्जा गरेको नान्जिङको नेशनल सेन्ट्रल युनिभर्सिटीको इलेक्ट्रिकल इन्जिनियरिङ विभागमा पढेका थिए । जियाङ कलेजमा हुँदैदेखि चिनियाँ कम्युनिष्ट पार्टीमा सामेल भए। जनवादी गणतन्त्र चीनको स्थापनापछि, जियाङले सन् १९५० को दशकमा मस्कोको स्टालिन अटोमोबाइल वर्क्समा आफ्नो प्रशिक्षण प्राप्त गरे। उनी अन्ततः सरकारी सेवाहरूमा सरुवा भए, जहाँ उनको बढुवा छिटो-छिटो हुन थाल्यो । सन् १९८३ मा कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको सदस्य, इलेक्ट्रोनिक उद्योग मन्त्री समेत बने उनी । साथै, सन् १९८५ मा जियाङ सांघाईको मेयर बने र पछि उनी सांघाईको कम्युनिष्ट पार्टी कमिटीको सचिव पनि बने। 

सन् १९८९ को तियानमेन स्क्वायर विरोध प्रदर्शनपछि जियाङ अप्रत्याशित सत्तामा आए । झाओ जियांगलाई  विद्यार्थी आन्दोलनलाई समर्थन गरेको कारण हटाइयो। चिनियाँ राजनीतिमा आठ एल्डरहरूको संलग्नता लगातार घट्दै गएपछि, जियाङले १९९० को दशकमा देशको सर्वोच्च नेता बन्नको लागि शक्तिमा आफ्नो पकड बलियो बनाए ।त्यसपछि जियाङले सन् १९९२ मा आधिकारिक रूपमा  समाजवादी बजारअर्थतन्त्र शब्दको परिचय दिए । जियाङको नेतृत्वमा चीनले बजार सुधारको निरन्तरतासँगै उल्लेखनीय आर्थिक वृद्धिको अनुभव गरेको छ ।

Logo