बाजुराको मतगणना अझै अनिश्चित

बाजुराको मतगणना अझै अनिश्चित

केन्द्रबिन्दु
0
Shares

बाजुरामा अझै मत गणना अझै अनिश्चित बनेको छ ।

निर्वाचन आयोगले मत गणना सुरु गर्न निर्देशन जारी गर्दा पनि त्यहाँ मत गणना सुरु हुन नसकेको हो । मतगणना थाल्न आयोगको निर्देशन आएपछि हिजो साढे ४बजे जिल्ला निर्वाचन अधिकृत ढांकाराम पौडेलले सर्वदलीय बैठक बोलाएका थिए । सर्वदलीय बैठकबाट निकास दिएर मत गणना सुरु गर्ने तयारी भएपनि नेकपा एमाले अनुपस्थित हुँदा कुनै निर्णय हुन सकेन । 

सर्वदलीय बैठकमा एमाले अनुपस्थित भएपछि अहिले बिहान ७ः००बजे पुनः एमालेलाई बैठकमा उपस्थित हुन आह्वान गर्दै हिजोको बैठक सकिएको थियो । अहिलेको बैठकमा पनि एमाले उपस्थित छैन । आफूहरूको माग सम्बोधन नभए सम्म बैठक बहिस्कार गर्ने जिल्ला सचिव भरत थापाले बताए ।मङ्सिर ४ गते निर्वाचन सकिएपछि घरमा रहेका विद्यार्थी नेता चेतन ऐडीको हत्यामा संलग्नहरूलाई पक्राउ नगर्दा सम्म र एमाले कार्यकर्ताहरूलाई रिहा नगर्दा सम्म आफूहरू सर्वदलीय बैठकमा सहभागी नहुने उनले जानकारी दिए ।

चेतनका परिवारले २२ जना विरुद्ध किटानी जाहेरी दिएका छन् । उनीहरु सबैलाई पक्राउ नगर्दा सम्म आफूहरूको माग सम्बोधन नहुने थापाले बताए । घटनामा संलग्नहरूलाई कारबाहीको माग गर्दा पक्राउ परेका ११ जनालाई विना सर्त रिहाको माग समेत राखिएको छ । यी दुबै माग सम्बोधन गर्ने भन्दै ऐडीको शव उनका आफन्तले बुझेका थिए । तर, त्यसपछि पनि उनीहरुको माग सम्बोधन नभएपछि सर्वदलीय बैठक बहिस्कार गरेको सचिव थापाको भनाइ छ ।

Logo