राखेपका पूर्व सदस्य सचिव सिंहको निधन

राखेपका पूर्व सदस्य सचिव सिंहको निधन

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव किशोरबहादुर सिंहको निधन भएको छ ।

गएराति एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएकोमा उपचारकै क्रममा उनको बिहीबार दिउँसो १२:३० बजे निधन भएको बताइएको छ । सिंहको ७५ वर्षको उमेरमा निधन भएको हाे ।

सिंह २०५९ देखि २०६३ सम्म राखेपको सदस्य सचिव भएका थिए । ब्याडमिन्टनका पूर्व खेलाडीसमेत रहेका सिंह ६ पटक राष्ट्रिय च्याम्पियन भएका थिए ।  सिंह नेपाल ब्याडमिन्टन संघको अध्यक्षसमेत भएका थिए ।

स्वर्गीय सिंहको पार्थिव शरीरलाई बिहीबार नर्भिक अस्पतालमै राखिने र भोलि (शुक्रबार) उनकी छोरी लन्डनबाट स्वदेश फर्किएपछि टाँहाचलस्थित घरमा लगेपछि शुक्रबार नै अन्तिम दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । स्वर्गीय सिंहको श्रीमती र एक छोरी छन् । 

Logo