नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग जनमत पार्टीका अध्यक्ष सीके राउतले भेटवार्ता गरेका छन् । बिहीबार दिउँसो बालुवाटारमा पुगेर उनले प्रधानमन्त्री देउवालाई भेटेका हुन् ।
भेटमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र नेता विमलेन्द्र निधि पनि सहभागी थिए ।
सो क्रममा संघ र प्रदेशमा समेत सहकार्य गरेर अघि बढ्न प्रधानमन्त्री देउवाले गरेको प्रस्तावमा राउतले सरकारमा जान आफू सकारात्मक रहेको बताएका थिए । ‘अहिले भर्खरै जनमत पार्टीका अध्यक्ष, डा. सि के राउतलाई लिएर प्रधानमन्त्री शेर बहादुर देउवा संग बालुवाटारमा भेंट गराएर फर्कदै छु। दुबै जनामा सकरात्मक र परिणाम मुलक वार्ता भएको छ। गठबन्धन र काँग्रेससंग संघिय र प्रदेश दुबै तहमा सहकार्य गर्ने र सरकारमा शामेल हुने सहमति भएको छ।’ निधिले सामाजिक सञ्जालमा लेखेका छन् ।
राउतले यसअघि नै सरकारमा जान आफूले विकल्प खुला राखेको बताइसकेका थिए । जनमत पार्टी मधेस प्रदेशमा निर्णायक शक्तिको रुपमा उदाएकाे छ ।प्रत्यक्षमा १ सिट जितेकाे जनमत पार्टी समानुपातिकतर्फ भने सातौं स्थानमा छ । जनमत पार्टीले समानुपातिकमा हाल जारी मतणनामा ३ लाख ९४ हजार मत प्राप्त गरिसकेको छ ।





























प्रतिक्रिया