नेपालले आज स्कटल्याण्ड भिड्दै

नेपालले आज स्कटल्याण्ड भिड्दै

केन्द्रबिन्दु
0
Shares

आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय श्रृङ्खलामा  नेपाललले आज स्कटल्याण्डसँग खेल्दैछ। 

खेल दिउँसो पौने २ बजे नामिबियाको युनाइटेड क्रिकेट मैदानमा सुरु हुनेछ। नेपाल र स्कटल्याण्डले एकआपसमा दुई एकदिवसीय अन्तराष्ट्रियमा खेलेका छन् । एक खेलमा नेपाल तथा एकमा स्कटल्याण्ड विजेता बनेको छ। यो शृङ्खलाको पहिलो खेलमा स्कटल्याण्डले नामिबियालाई हराएको थियो भने दोस्रो खेल वर्षाले प्रभावित बनेपछि नेपाल र नामिबियाले अंक बाँडेका छन्।

७ टोली सहभागी विश्वकप लिग टू मा नेपाल २१ खेलमा १८ अंक सहित छैठौं स्थानमा रहेको छ। स्कटल्याण्ड भने २९ खेलमा ४२ अंकका साथ दोस्रो स्थानमा रहेको छ।

Logo