‘गठबन्धनकै सरकार बनाउन लागिपरेका छौं, एमालेसँग सहकार्यको तयारी छैन’ -देव गुरुङ

‘गठबन्धनकै सरकार बनाउन लागिपरेका छौं, एमालेसँग सहकार्यको तयारी छैन’ -देव गुरुङ

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रले अहिले सरकार गठनको लागि सत्ता गठबन्धनको विकल्प नखोजिएको स्पष्ट पारेको छ । आइतवार पार्टी केन्द्रिय कार्यालयमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले नयाँ सरकार गठनका लागि सत्तारुढ गठबन्धनको विकल्प खोज्नु नहुने निस्कर्ष निकालेको हो ।

आइतवार पार्टी केन्द्रिय कार्यालयमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले नयाँ सरकार गठनका लागि सत्तारुढ गठबन्धनको विकल्प खोज्नु नहुने निस्कर्ष निकालेको हो । बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै महासचिव देव गुरुङले नयाँ सरकार बनाउन गठबन्धनमा आधारित भएर सोच्नुपर्ने बताए । उनले एमालेसँग पनि कुनै प्रकारको कुराकानी नभएको स्पष्ट पारे । 

‘गठबन्धन तोड्नुपर्छ । फेर्नुपर्छ भन्ने कुरामा पुगेको अवस्था होइन अहिले । पहिलो कुरा गठबन्धनमा रहुँ । गठबन्धनबाट को–कोसँग वार्ता गर्ने, को कोसँग कुरा गर्ने, गठबन्धनमा अझ बलियो कसरी बनाउने, कति कुरा मिल्छन्, कति कुरा मिल्दैनन् । त्यो त गठबन्धनमा निर्भर रहने विषय भयो । हामी जुन गठबन्धनबाट यहाँसम्म आएका छौं, त्यही गठबन्धनबाट अगाडि बढ्ने हो, अहिले अन्य गठबन्धन बनाउनेबारे सोचेका छैनौं ।’  उनले भने । अहिलेकै गठबन्धनबाट नयाँ सरकार बनाउने पहिलो प्रयास रहने उनको भनाई थियो । 

साथै महासचिव गुरुङले बैठकले निर्वाचनको परिणामको प्रारम्भिक समीक्षा भएको बताए । उनले निर्वाचनमा परिणाम अपेक्षा गरे अनुरुप नआएपनि सफल र परिणाममुखि नै भएको बताए । निर्वाचन परिणामलाई स्वीकार्दै र कमी, कमजोरीहरुलाई सुधार्दै पार्टीलाई सुदृढ बनाउँदै अघि बढाउने बैठकको निस्कर्ष रहेको उनको भनाई छ ।

उनका अनुसार सत्ता गठबन्धनमा रहेका दलहरूको बैठक सोमबार बस्ने तय भएको छ। 

Logo