ट्रम्पले संविधान ‘समाप्ति’ को आह्वान गरेपछि…

ट्रम्पले संविधान ‘समाप्ति’ को आह्वान गरेपछि…

केन्द्रबिन्दु
0
Shares

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संविधानको ‘समाप्ति’ को आह्वान गरेपछि राष्ट्रपति कार्यलय ह्वाइट हाउसले निन्दा गरेको छ । 

ट्रम्पले शनिबार आफ्नो ट्रुथ सामाजिक सञ्जालमा एक पोस्टमा आह्वान गरेपछि ह्वाइटहाउसले निन्दा गरेको हो । पोस्टमा ट्रम्पले सन् २०२० को राष्ट्रपति चुनाव जितेको आफ्नो झूटो दावी दोहोर्याएका थिए । उनले ‘ठूलो टेक कम्पनीहरू’ लाई डेमोक्र्याटहरूसँग मिलेर आफ्नो विरुद्धमा उत्रिएको आरोप पनि लगाए । 

ह्वाइट हाउसका प्रवक्ता एन्ड्रयु बेट्सले ट्रम्पको टिप्पणी ‘राष्ट्रको आत्माको विपरित’ भएको बताए ।‘तपाईंले जित्दा मात्र अमेरिकालाई माया गर्न सक्नुहुन्न’, बेट्सले एक विज्ञप्तिमा भने, ‘ट्रम्पको टिप्पणीलाई सर्वसम्मत रूपमा निन्दा’ गरिनु पर्छ ।’ पोस्टमा ट्रम्पले ‘ठूलो र व्यापक धोखाधडी र छल’ को अस्पष्ट आरोपहरू उल्लेख गरेका छन् । -एजेन्सी

Skip This
Skip This
Logo