सेयर बजार १.२५ प्रतिशतले ओरालो

सेयर बजार १.२५ प्रतिशतले ओरालो

केन्द्रबिन्दु
0
Shares

साताको दोश्रो कारोबार दिन साेमबार नेप्से परिसूचकमा १.२५ प्रतिशतले ओरालो लागेको छ ।

आइतबार २.१६ अकले वृद्धि भएको नेप्से साेमबार २४.४६ अंकले घटेर १९३८.७६ विन्दुमा आएर रोकिएको छ । यस्तै, सेन्सेटिभ इन्डेक्सममा पनि १.३५ प्रतिशतले ओरालो लागेका छ । ४१ लाख २७ हजार बढीको कित्ता सेयर किनबेच हुँदा १ अर्ब ६७ करोड ४  लाख  बढीको कारोबार भएको छ । 

यस्तै १८९  कम्पनीहरुको कारोबार हुँदा जम्मा १४ कम्पनीमा वृद्धि भएको छ । १८१ कम्पनीमा ओरालो लागेको र ४ कम्पनी स्थिर रहेको   छ । सयपत्री हाइड्रोपावर ३.१२ प्रतिशत, एनआइसि एसिया २.५६  प्रतिशतले वृद्धि भएको छ । 

यता, रिडी पावर कम्पनीमा ३० करोड ८३ लाख ५७ हजार ४४ रुपैयाँ, शिभम् सिमेन्टको २० करोड २३ लाख ४६ हजार ६६२ रुपैयाँ र नबिल बैंक ८ करोड ४७ लाख बढीको कारोबार छ । सोमबार सबै उपसुचकहरु राताम्मै भएको छ । सबैभन्दा धेरै फाइनान्स र माइक्रो फाइनान्समा २ प्रतिशत बढिले ओरालो लागेको छ ।

Logo