बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी- १४ का ४४ वर्षीय चानषबहादुर गिरीलाई आइतबार काठमाडौंस्थित सुकेधाराबाट पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
५ लाख ५० हजार रुपैयाँ बिगो रहेको बैंकिङ कसुरमा गत साउन २६ गते पाटन उच्च अदालतबाट अनुमति लिई प्रहरीले खोजिरहेकोमा आइतबार दिउँसो पक्राउ गरेको हो । पक्राउ परेलगत्तै आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध पठाइएको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया