गीतकार/संगीतकारहरुलाई राज्यले सम्मान गर्न सकेनः प्रदीप पौडेल

गीतकार/संगीतकारहरुलाई राज्यले सम्मान गर्न सकेनः प्रदीप पौडेल

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका नेता तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले मौलिकतामा आधारित गीत, संगीतलाई पछिल्लो पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताएका छन् । 

सोमबार स्वरसम्राट नारायण गोपालको ३२औं पुण्यस्मृतिका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले नेपाली गीत, संगीतमा मौलिकता हराउन लागेको भन्दै मौलिकता जोगाउनुपर्ने बताएका हुन् । उनले मौलिकतासँग नजोडिएको सभ्यता, संस्कृति र मानव बस्ती हुन नसक्ने भन्दै पछिल्लो पुस्तालाई मौलिकतामा आधारित गीत संगीत हस्तान्तरण गर्नुपर्ने बताए । 

नेता पौडेलले नेपाली गीत, संगीतको मौलिक आधार स्वर्गिय गायक नारायणगोपाल रहेको उल्लेख गर्दै मौलिकता बचाउनको निम्ति अर्को नारायण गोपाल जन्माए । 

उनले भने– ‘हाम्रो मौलिकताको आधार नारायणगोपाल गुरुवाचार्य हुनुहुन्छ । हामीले नारायण गोपाल अर्को जन्माउनु जरुरी छ मौलिकता बचाउने हो भने । हामीले आफ्नो मौलिकता बिर्सेर अर्कैतिर दौडिएका छौँ कि ? गम्भिर प्रश्न छ । मौलिकता सँग नजोडिएको सभ्यता, संस्कृति, मानव बस्ती आफ्नो पहिचान बोकेको हुन सक्दैन । पछिल्लो पुस्तालाई मौलिकतामा आधारित गीत संगीत हस्तान्तरण गर्न यो क्षेत्रमा पछिल्लो पुस्ता पनि जन्मिनु जरुरी छ । त्यसको निम्ति राज्यले वातावरण बनाउनुपर्छ ।’
 
नेता पौडेलले गीतकार तथा संगीतकारहरुले राष्ट्रको प्रतिविम्ब झल्काउने बताए । उनले भने- ‘गीत संगीत भनेको कुनै दलको हुँदैन । कुनै भाषा अथवा कुनै धर्मको हुँदैन । त्यो राष्ट्रको हुन्छ । गीतकार, संगीतकारहरुले राष्ट्रको प्रतिविम्व झल्काउने गर्नुहुन्छ । त्यस अनुसार हामीले उहाँहरुलाई सम्मान गर्न सकिरहेका छैनौँ । त्यो कुरालाई आगामी दिनमा महशुस गर्ने स्थिति निर्माण गर्न सक्नुपर्छ । स्वर राम्रो हुनेले राम्रो शब्द प्राप्त गर्नुपर्छ । शब्द र स्वर दुवै राम्रो भएर पनि पुग्दैन, संगीत पनि राम्रो हुनुपर्छ ।’
 
उनले पश्चिमा राष्ट्रहरुले आफ्नो सभ्यतासँग जोडेर संगीत र गीतको विकास गरिरहेको भएपनि नेपाली गीत, संगीत पछि परिरहेको बताए । मौलिकतामा आधारित गीत, संगीतको विकास हुनुपर्नेमा उनले जोड दिए । 

Skip This
Skip This
Logo