मकवानपुर । मकवानपुरको थाहानगरपालिका ६ मा वृक्षरोपण गरिएको छ । रोटरी स्याटेलाइट क्लव अफ काठमाडौं, वेष्ट टिस्टुङ्गको आयोजनामा यहाँ ४५० वटा फूल र अन्य प्रजातिका विरुवाहरु रोपिएको हो । "/>

पर्यटकीय क्षेत्र स‌ंरक्षणका लागि थाहानगरमा वृक्षारोपण

पर्यटकीय क्षेत्र स‌ंरक्षणका लागि थाहानगरमा वृक्षारोपण

केन्द्रबिन्दु
0
Shares

मकवानपुर । मकवानपुरको थाहानगरपालिका ६ मा वृक्षरोपण गरिएको छ । रोटरी स्याटेलाइट क्लव अफ काठमाडौं, वेष्ट टिस्टुङ्गको आयोजनामा यहाँ ४५० वटा फूल र अन्य प्रजातिका विरुवाहरु रोपिएको हो ।

बाराही मन्दिरदेखि पुरानो बाराही मन्दिरसम्मको ट्रेकिङ रुटमा वृक्षरोपण गरिएको हो । वृक्षारोपणमा स्थानीयहरुको बाक्लो उपस्थिती रहेको थियो ।

रोटरी स्याटेलाइट क्लव अफ काठमाडौं, वेष्टका चेयरपर्सन  राजन श्रेष्ठका अनुसार बाराही डाँडामा पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले वृक्षरोपण गरिएको हो । यहाँ धुपी, सल्ला लगायतका विरुवा रोपिएको छ । रोपिएका विरुवाहरुको संरक्षणका लागि तारजाली लगाउने पनि श्रेष्ठले बताएका छन् ।

 

Logo