संसद् सचिवालयले जबरालाई दियो महाभियोग निष्क्रिय भएको पत्र, आजै सर्वोच्च फर्कने

संसद् सचिवालयले जबरालाई दियो महाभियोग निष्क्रिय भएको पत्र, आजै सर्वोच्च फर्कने

केन्द्रबिन्दु
0
Shares

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा पेस भएको महाअभियोग प्रस्ताव निष्क्रिय बनेको छ । बुधबार संसद सचिवालयले जबरालाई महाभियोग निष्क्रिय भएको पत्र दिएको हो । 

सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार जबराले मंगलबार आफ्नो महाभियोगका विषयमा जानकारी माग गर्दै सचिवलायमा पत्र पठाएका थिए। त्यसपछि जबराको महाभियोग निष्क्रिय भएको जवाफसहितको पत्र पठाइएको हो । 

उक्त पत्र बुझेसँगै निलम्बित प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालत जाने तयारीमा रहेका छन् । तर, सर्वोच्चले भने यसबारे कुनै जानकारी नभएको बताएको छ। 

जबराविरुद्ध विभिन्न २१ आरोपसहित सत्तारुढ दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले गत वर्षको फागुन १ गते प्रतिनिधिसभामा महाभियोग दर्ता गराएका थिए । महाभियोग दर्तापछि जबरा स्वतः निलम्बनमा परेका थिए । राणाको अनुपस्थितिमा अहिले सर्वोच्चको कामु प्रधानन्यायाधीशको जिम्मेवारी हरिकृष्ण कार्कीले सम्हालिरहेका छन् । 

Logo