९९९ रुपैयाँमै एनआईसी एशिया क्यापिटलको ‘आजीवन वैदेशिक रोजगार डिम्याट खाता’

९९९ रुपैयाँमै एनआईसी एशिया क्यापिटलको ‘आजीवन वैदेशिक रोजगार डिम्याट खाता’

केन्द्रबिन्दु
0
Shares

एनआईसी एशिया क्यापिटलले वैदेशिक रोजगारीमा गएकाहरुलाई लक्षित गर्दै ‘आजीवन वैदेशिक रोजगार डिम्याट खाता’ सेवा सुरु गरेको छ ।

वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा जान लागेका नेपालीहरुलाई न्यून शुल्कमा डिम्याट खाता खोलि नविकरण गर्ने झनझटबाट मुक्त गराउन ‘पे वान टाइम फरगेट फर लाइफटाइम’ भन्ने नाराका साथ क्यापिटलले ९९९ रुपैयाँमा लाईफटाइम डिम्याट खाता योजना सञ्चालनमा ल्याएको हो ।

‘एनआईसी एशिया ९९९ वैदेशिक रोजगार डिम्याट खाता’ योजनामा सहभागी हुनेहरु र हाल साधारण खाता सञ्चालन गरेका र वैदेशिक रोजगारी खाता सञ्चालन गर्न चाहनेहरुले एक पटक ९९९ रुपैयाँ भुक्तान गरेपछि लाइफटाइमसम्म फेरि नविकरण गर्नु नपर्ने विज्ञप्तिमा उल्लेख छ ।

उक्त योजनाअन्तर्गत डिम्याट खाता खोल्नको लागि एनआईसी एशिया क्यापिटलको वेबसाइट एनआईसी एशिया क्यापिटल डटकममा जानुपर्नेछ । माग गरिएका विबरण र कागजपत्र उपलब्ध गराएपछि डिम्याट खाता तत्काल खोलिने क्यापिटलले जनाएको छ ।

लाइफ टाइम डिम्याट खाता खोल्न तथा नविकरण गर्न एनआई एशिया बैंकको थापाथली शाखामा रहेको ‘एनआईशी एशिया क्यापिटल लिमिटेड लाइफ टाइम डिम्याट” नामको ०५४४४५४४५१०२५६४३ मा वा विभिन्न भुक्तानी सेवाप्रदायकबाट ९९९ रुपैयाँ भुक्तान गर्नुपर्नेछ ।

नेपाल धितोपत्र बोर्डले आगामी दिनमा कम्पनीहरुले प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा निष्काशित शेयरको १० प्रतिशत शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुको लागि छुट्याई बाँडफाँड गर्नुपर्ने व्यवस्था गरिसकेको छ ।

Skip This
Skip This
Logo