सबै जनताले मानव अधिकारको महसुस गर्न सकेनन्ः उपराष्ट्रपति पुन

सबै जनताले मानव अधिकारको महसुस गर्न सकेनन्ः उपराष्ट्रपति पुन

केन्द्रबिन्दु
0
Shares

उपराष्ट्रपति नन्दबहादुर पुनले मानव अधिकारसँग सम्बन्धित कानूनी व्यवस्थाहरुको पूर्ण रुपमा लागू गर्न ध्यानाकर्षण गराएका छन् । 

बिहीवार काठमाडौंमा आयोजित १४औँ राष्ट्रिय मानव अधिकार महाभेलालाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले मानव अधिकारसँग सम्बन्धित कानूनी व्यवस्थाहरुलाई पूर्ण रुपमा लागू गराउन सबैको ध्यानाकर्षण गराएका हुन् । उनले मानव अधिकार उल्लंघनका घटनाहरु अझै पनि नरोकिएको बताए । 

उनले भने-‘मानव अधिकार उल्लंघनका घटनाहरु रोकिएका छैनन् । जनताले सम्पूर्ण मानव अधिकार पाएको महशुस गर्न सकिरहेको अनुभुति हुँदैन । मानव अधिकार सबैका लागि हो । र वास्तविक अर्थमा मानव अधिकार आवाज बिहीन, शोषित, उत्पीडित, सिमान्तकृत र राज्यले पछाडी पारेका जाति र वर्गहरुका लागि हो । मानव अधिकारको कार्यान्वयन समाजको उन्नति र प्रगतीका लागि हो । जहाँ मानव अधिकारको पूर्ण पालना हुन्छ, त्यहाँ विभेद, उत्पीडन, गरिवी, अभाव, अन्याय, अत्याचार अर्थात् शोषण हुँदैन । यि सबै कारण मानव अधिकारको सम्मान, संरक्षण र पालना गर्न अनिवार्य छ । मानव अधिकारका प्रत्याभुतिका लागि कानूनी व्यवस्थाहरुको पूर्ण लागू गर्न आवश्यक छ । म त्यसतर्फ सबैको ध्यानाकर्षण गराउन चाहन्छु ।’
 
उपराष्ट्रपति पुनले आगामी दिनमा संघ र प्रदेशमा बन्ने सरकारले मानव अधिकार र सुशासनको क्षेत्रमा राम्रो काम गर्ने विश्वास पनि व्यक्त गरे । उनले भने- ‘निर्वाचनको पूर्ण परिणाम सँगै संघ र सात प्रदेशमा सरकार बन्नेछ । ति सरकारहरुले देशको विकास र समृद्धिको लागि र मानव अधिकारका क्षेत्रहरुमा, सुशासनका क्षेत्रहरुमा राम्रो काम गर्ने छन् भन्नेकुरा पनि म विश्वास लिएको छु । अर्थात् सुशासनका क्षेत्रमा पक्कैपनि आजका दिनभन्दा आगामी दिनहरु अझै राम्रा र अझै प्रगतिशील र मानव अधिकारका क्षेत्रमा पक्कै पनि धेरै प्रगती हुनेछ भन्ने हामी सबैले विश्वास गर्दछौँ ।’

Logo