प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम महोत्सवको उद्घाटन गरेका छन् । कैलालीको धनगढीमा बिहीबारबाट सुरु भएको महोत्सवको उनले उद्घाटन गरेका हुन् ।
साे क्रममा प्रधानमन्त्री देउवालाई आयोजक कैलाली उद्योग वाणिज्य संघले १५ किलोको माला लगाइदिएको छ । उनलाई १५ बुँदे मागसहित १५ किलोको माला लगाइएको हाे ।
महोत्सव उद्घाटन समारोहमा विभिन्न जातिका संस्कृति झल्किेन झाँकी नृत्य प्रदर्शन गरिएको छ । उक्त महोत्सवमा स्थानीय खानाका परिकार, कृषिउपजलगायतका झण्डै चार सय कक्ष रहेको छ । महोत्सव पुस २ गतेसम्म सञ्चालन हुनेछ।
सुदूरपश्चिम प्रदेशको कृषि, उद्योग, पर्यटन, कलासंस्कृति र व्यापार व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यले २०६३ सालदेखि हरेक वर्ष सुदूरपश्चिम महोत्सवको आयोजना गरिँदै आएको छ । कोरोना महामारीका कारण विगत दुई वर्ष महोत्सव आयोजना गर्न सकिएको थिएन ।





























प्रतिक्रिया