सेना प्रमुखले गरे प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार शिलान्यास

सेना प्रमुखले गरे प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार शिलान्यास

केन्द्रबिन्दु
0
Shares

प्रधान सेनापति प्रभुराम शर्माले आज काभ्रेपलाञ्चोकको बनेपा- १३ र १४ स्थित पेरुङ्गे डाँडामा श्री राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माणको शिलान्यास गरेका छन् । 

राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षा सम्बन्धमा आवश्यक नीति एंव रणनीति तर्जुमा, गहन खोज, अनुसन्धान तथा विश्लेषण गरी राष्ट्रिय सुरक्षालाई सुदृढ तथा समसामयिक बनाउन योगदान दिनसक्ने जनशक्ति निर्माणस निजामती सेवा, नेपाली सेना र अन्य सुरक्षा निकायहरुका अधिकृतहरुको राष्ट्रिय सुरक्षा सम्बन्धि उच्च शिक्षाको आवश्यकता परिपूर्ति गर्नेस विभिन्न शैक्षिक कार्यक्रम तथा प्राज्ञिक गतिविधिहरुका माध्यमबाट राष्ट्रिय सुरक्षा सम्बद्ध संजाल विकसित गर्नुका साथै रणनीतिक संस्कारको विकास एवं उच्चस्तरको नागरिक/सैनिक सम्बन्ध विस्तार गर्न सहयोग पुर्या उने उद्देश्य अनुरुप नेपाल सरकार मन्त्रिपरिषदबाट मिति २०७६ फाल्गुन १२ गतेको निर्णय अनुसार राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको स्थापना गरिएको हो ।

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय निर्माणको लागि आर्थिक बर्ष २०७६/०७७ मा विनियोजित बजेटबाट २.६ किलोमिटर ग्राभेल सडक, १३८० मिटर पेरिमिटर पर्खाल, १ लाख लिटर क्षमताको पानी ट्याङ्की, डिप बोरिङ्ग, जग्गा विकास र ३ फेज विद्युत लाईन विस्तारको कार्यहरु सम्पन्न भईसकेको छ । 

नेपाल सरकारको आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा रहेको “राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयका लागि बिनियोजित बजेटबाट उक्त विश्वविद्यालयको विद्यार्थी आवास र केन्द्रीय पुस्तकालयको निर्माणका लागि शिलान्यास गरिएको उक्त कार्यक्रममा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका सदस्यहरु, नेपाली सेनाका रथीवृन्दहरु, रक्षा मन्त्रालय व्यवस्थापन महाशाखा प्रमुखको उपस्थिति थियो । समारोहमा विभिन्न विषयगत विज्ञहरु, स्थानीय निकायका प्रमुखहरु, काभ्रेपलाञ्चोक जिल्लास्थित विभिन्न कार्यालय तथा सुरक्षा निकायका प्रमुखहरु, स्थानीय बुद्धिजीवी वर्ग समेतको उपस्थिति रहेको थियो ।

 

Logo