ग्ल्यामर भन्दा पनि अभिनयमा रुची राख्छुः नम्रता सापकोटा

ग्ल्यामर भन्दा पनि अभिनयमा रुची राख्छुः नम्रता सापकोटा

केन्द्रबिन्दु
0
Shares

नेपाली चलचित्र डेसान देशभर प्रदर्शनमा आएको छ । 

फिल्म शुक्रवारबाट देशभरका सिनेमा घरमा प्रदर्शनमा आएको हो । शुक्रवार साँझ दर्शकहरुसँगै चलचित्र हेरिसकेपछि कलाकारहरुले दर्शकहरुबाट राम्रो माया पाएको बताए । सञ्चारकर्मीहरुसँग कुरा गर्दै अभिनेत्री नम्रता सापकोटाले चलचित्रमा नराम्रो कुराहरु चाँडै फैलिन्छ, महामारी जस्ता नराम्रा कुराहरु चाँडै फैलिने भन्नेकुरालाई चलचित्रमा देखाइएको बताइन् । उनले चलचित्रमा आफूले भाइरसको रोल खेलेको बताइन् । 

चलचित्रमा एक महिलाले घर बनाउन पनि सक्छ चाहेमा घर भत्काउन पनि सक्छ भन्ने कुरालाई देखाइएको बताइन् । ग्लामर आफ्नो ठाउँमा भएपनि आफूलाई अभिनय गर्दा मजा लाग्ने बताइन् । उनले चलचित्रको कथाले अन्तिमसम्म नै के हुन्छ भन्ने कौतुहलता हुने उल्लेख गरिन् । कमल एक्चै मगर निर्देशित चलचित्रमा भोला सापकोटा, नम्रता सापकोटा, निशान चौहान, पुनम थापा, कविता आले, आरुषजंग सारु, मलिका बस्नेत, प्रमिशा सारु मगरलगायतको अभिनय छ ।

चलचित्रको मुख्य भुमिकामा रहेका निशान र पुनमको यो डेब्यु चलचित्र हो । चलिचत्रमा पारिवारिक प्रेम, विश्वास, घात तथा बदलाको कथा उठान गरिएको छ । पर्फर्मिङ आर्ट क्रिएशनको ब्यानरमा कृशाला मगर कार्यकारी निर्माता रहेको चलचित्रको कथा राजु काउँचा मगरले लेखेका हुन् भने पटकथा र सम्वाद निर्देशक मगरकै हो । चक्रबहादुर महर्जनले खिचेको चलचित्रलाई मिलन श्रेष्ठले सम्पादन गरेका छन् । चलचित्रको वितरण एफडी, जीजीए ग्रुप र रिच इन्टरटेन्मेन्टले गरेको हो । 

Logo