पोर्चुगललाई हराउँदै मोरक्को विश्वकपको सेमिफाइनलमा, बनायो रेकर्ड

पोर्चुगललाई हराउँदै मोरक्को विश्वकपको सेमिफाइनलमा, बनायो रेकर्ड

केन्द्रबिन्दु
0
Shares

मोरक्को फिफा विश्वकप कतार २०२२ को सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको तेस्रो क्वाटरफाइनलमा पोर्चुगलमाथि १-० को जित निकाल्दै १० खेलाडीमा समेटिएको मोरक्को विश्वकपको इतिहासमै पहिलोपटक अन्तिम चारमा पुगेको हो । 

मोरक्कोको जितमा युसुफ एन नेसरीले गरेको एकमात्र गोल नै निर्णायक बन्यो । खेलको ४२ औं मिनेटमा याह्या अतिया अल्लाहको क्रसलाई उनले हेडरमार्फत गोल गरेका थिए । गोलरक्षक डिओगो कोस्टा बल रोक्न अघि बढ्दा उनले सहजै बललाई पोस्टको दिशा दिएका थिए ।

इन्ज्युरी समयको तेस्रो मिनेटमा मोरक्कोका वालिद चेदिरा दोस्रो पहेंलो कार्डपछि रातो कार्ड खाँदै बाहिरिएका थिए । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा केही सुन्दर अवसर पाउँदा पोचुगलले गोलमा सदुपयोग गर्न सकेन ।

मोरक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी मुलुक बनेको छ। मोरक्कोले नकआउट चरणमा स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको थियो । 

मोरक्कोले अब सेमिफाइनलमा फ्रान्स र इंग्ल्याण्डको विजेतासँग खेल्नेछ । सो खेल आजै राति हुँदैछ । 

Skip This
Skip This
Logo